न्यूनतम तलब सुविधासहित विभिन्न माग राख्दै स्वास्थ्य बिमा दर्ता सहयोगीहरूले आन्दोलन थालेका छन् ।
स्वास्थ्य बिमा दर्ता सहयोगीहरूले बिहीबार कोसी प्रदेशको मुख्यमन्त्रीको कार्यालयको गेटमा धर्ना दिएका छन् ।
न्यूनतम पारिश्रमिक तोक्न, १० प्रतिशत प्रोत्साहन रकम कायम गर्न, दर्ता सहयोगी पद हटाइ उचित पदको नामाकरण गर्नुपर्ने, पोसाकको व्यवस्था गर्नुपर्ने, बिमा गरे बापत दिइने कमिसन कटाएको, कमिसनमा लाग्दै आएको १ प्रतिशत करलाई वृद्धि गरेर १५ प्रतिशत लिन थालिएको उनीहरूको गुनासो छ ।
मुख्यमन्त्री कार्यालयको गेटमा धर्ना बसेपछि मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आन्दोलनरत पक्षलाई संघीय सरकारलाई माग सम्बोधन गर्नका लागि पहल गर्ने बताए।