images
images

चुल्होबाट खरानी निकाल्ने क्रममा सर्पले टाक्दा एक महिलाको मृत्यु

  • ३० असार २०८१, शनिबार १७:५८
images

सिरहा। सर्पको टोकाईबाट एक महिलाको मृत्यु भएको छ।  सिरहाको गोलबजार नगरपालिका ८ चोहर्वामा डेरागरी वस्ने ३० वर्षिय रोशिना खातुनको मृत्यु भएको हो।

चुल्होबाट खरानी निकाल्ने क्रममा सर्पले टोकेका खातुनलाई उपचारको लागि कर्जन्हास्थित फूलकुमारी महतो मेमोरियल अस्पताल पुर्याएपनि उपचार सम्भव नभएको स्थानीय शिव यादवले जानकारी दिए।

खरानी निकाल्ने क्रममा सर्पले टोकेका खातुनलाई केहीवेरपछि असहज महसुस भएपछि चुल्होमा हेर्दा गोमन सर्प भेटिएको थियो।

खातुनको तीन छोरा र एक पाँच महिनाको छोरी छ।