हामीले दैनिक दिन साधारणतया पानी पिउने त गर्छौ। पानी पिउदाका फाइदा धेरै छन। तर कागती पानी पिउने बानी भएको मानिस कमै मात्रामा भेट्छौ । कागती पानी पिउने पिउनाले पनि हामीलाई धेरै फाइदा पुर्याउछ।
बिहान उठेर कागती पानी पिउने गर्नाले शरीरको बिकार पदार्थ निकाल्नुका साथै स्फूर्ती पैदा गर्छ । यसले खाना पचाउने काम समेत गर्छ । कागती भिटामिन सी तत्वको भण्डार हो । जसमा एन्टी अक्सिडेन्टको गुण पनि हुन्छ । जसले त्वचाको दाग धब्बा हटाएर निखार लेराउने काम गर्छ । कागती पानीले शरीरमा पाचन रसको उत्पादनमा सहयोग गर्छ, जसले गर्दा पाचन प्रणालीलाई स्वस्थ राख्न मद्दत गर्दछ । कागती पानीले शरीरको विभिन्न जोर्नीमा हुने दुखाईलाई कम गर्छ । मुख गन्हाउने समस्या समाधान गर्न मद्दत गर्छ । कागतीमा पाईने भिटामिन सी र पोटाशियमले रोगसँग लड्ने क्षमताको वृद्धि गर्छ । तौल घटाउने प्रयासमा हुनुहुन्छ भने बिहान उठेर एक गिलास कागती पानी पिउन निकै लाभदायक हुन्छ । आदी कुराहरुमा खाली पेटमा कागती पानी पिउले हाम्रो शरीरलाई सहयोग पुर्याउछ।