images
images

पानीमा लामखुट्टेको लार्भा भेटिएपछि एक उद्योगलाई जरिबाना

  • २६ आश्विन २०८०, शुक्रबार ०९:३९
images

काठमाण्डौ । काठमाण्डौ महानगरपालिकाले जारमा लामखुट्टेको लार्भा भेटिएपछि एक पानी उद्योगलाई जरिबाना तिराएको छ ।

बूढानीलकण्ठमा रहेको पशुपति स्प्रिङ वाटर उद्योगले उत्पादन गरेको एभरेष्ट जारको पानीमा लामखुट्टेको लार्भा भेटिएको भन्दै हिजो एक लाख जरिबाना तिराइएको महानगरपालिकाले जनाएको हो ।

महानगरका अनुगमन निरीक्षक डा अवधेश झा ले कम्पनीलाई जारमा पानी भर्नु अगाडि अनिवार्य निर्मलीकरण गर्न र प्रत्येक महिना पानी परीक्षण प्रतिवेदन ढुवानीकर्तालाई दिन निर्देशन दिएको बताउनु भयो ।

बिक्री गर्न ल्याइएको जारमा लामखुट्टेका लार्भा भेटिएको थियो ।