![](https://www.suchanalaya.com/wp-content/uploads/2023/10/kamakshya-saha.jpg)
भिटामिन डी मानिसको शरीरको लागि अति आवश्यक पौष्टिक तत्व हो ।
भिटामिन ‘डी’ दाँत र हाडका लागि अति जरुरी हुन्छ। यसको कमीले शरीरमा क्याल्सियमको शोषण कम हुन्छ र विभिन्न शारीरकि समस्या निम्तिन सक्छ।
भिटामिन ‘डी’को कमीले बालबालिकाको हातखुट्टा बाँगिने समस्या ‘रिकेट्स’ हुन्छ। यसको कमीले विभिन्न किसिमका संक्रामक रोग पनि लाग्न सक्छ। गर्भवती महिलाको शरीरमा भिटामिन ‘डी’ को कमी हुँदा गर्भको बच्चाको स्वास्थ्यमा नकारात्मक असर पर्छ।
विभिन्न अध्ययनले देखाएका छन्, शारीरकि स्वास्थ्य मात्र होइन, मानसिक स्वास्थ्यका लागि पनि भिटामिन ‘डी’ महत्त्वपूर्ण छ। घाम नलागेको दिनमा हामी नरमाइलो महसुस गर्छौं, ‘मुड अफ’ भएको मान्छौँ। यसको अर्थ सूर्यको किरणमा हुने भिटामिन ‘डी’ले नै हामीलाई जीवन्त पाररिहेको हुन्छ।
यस बिषयमा हामीले मधुमेह र थाइराइड रोग विशेषज्ञ डा. कामाक्ष शाहसँग कुराकानी गरेका छौँ ।
हेर्नुहाेस भिडियाे