images
images

बागलुङ जिप दुर्घटनाका घाइतेको हेलिकोप्टरबाट उद्धार

  • २९ पुष २०८०, आईतवार ०७:३४
images

बागलुङ । बागलुङको ट्याङखोलामा भएको जिप दुर्घटनाका घाइतेलाई उद्धार गरिएको छ।

शनिबार दिउँसो भएको दुर्घटनामा दुई जनाको मृत्यु भएको थियो भने सात जना घाइतेलाई सिम्रिक एयरको हेलिकोप्टरबाट उद्धार गरिएको हाे।

उपचारकाे लागि घाइतेहरूलाई पोखराको मणिपाल अस्पताल लगिएकाे छ।

ध१ज १९ नम्बरको जीप दुर्घटना हुँदा २८ वर्षीया संगिता अधिकारी गैरे र सवारी चालक २७ वर्षीय तिलक घर्तीको घटनास्थलमै मृत्यु भएको बागलुङका प्रहरी नायव उपरीक्षक मदन केसीले जानकारी दिए।