images
images

चिरायु नेसनल हस्पिटलद्वारा सञ्चालित निःशुल्क आँखा जाँच तथा रेटिनोप्यथि शिविर सम्पन्न

  • २९ पुष २०८०, आईतवार १०:५१
images

काठमाडौँ । काठमाडौँको बसुन्धारामा स्थित चिरायु नेसनल हस्पिटलले निःशुल्क आँखा जाँच तथा रेटिनोप्यथि शिविर सम्पन्न गरेको छ ।

वरिष्ठ आँखा विषेशज्ञ डा.संयम बजिमाईको नेतृत्वमा शनिवार सञ्चालन भएको शिविरमा निःशुल्क आँखा परीक्षण सँगै डायबेटिज (मधुमेह) रोग सम्बन्धित जानकरी र परामर्श पनि दिइएको थियो ।

सोही कार्यक्रममा मधुमेह रोगको हालको अवस्था, यसले आँखामा पर्ने असर र यस बाट बच्ने उपायहरू बारे पनि डा. सम्यम बजीमाईले चर्चा गर्नुभएको थियो ।

उक्त शिविर बिहान ९ बजे देखि सुरु भई साँझ ४ बजे सम्म सञ्चालनमा आएको थियो भने करिब २०० जना सेवाग्राहीहरुले यस बाट निःशुल्क परामर्श लिएका थिए ।

यो सँगै चिरायु हस्पिटलमा अब वरिष्ठ आँखा विषेशज्ञ डा.सम्यमकै नेतृत्वमा आधुनिक प्रविधि सहितको अपथाल्लमोलोजी सेवा विस्तारित गरिने बारे पनि हस्पिटलका बिजनस डेभलपमेन्ट अफिसर बसन्त खनालले जानकारी दिएका छन् ।

त्यस्तै तिब्र गतिमा बढदै गइरहेको डायबेटिज बिरामीहरूलाई मध्यजर गर्दै वरिष्ठ डायबेटोलोजिस्ट डा. अजय प्रधानको नेतृत्वमा हस्पिटल भित्रै डेडिकेटेड चिरायु डायबेटिज सेन्टर सञ्चालन भइरहेको जानकारी पनि बसन्त खनालले दिए ।

विगत लामो समय देखि गुणस्तरीय सेवामा समर्पित हुँदै आएको चिरायु नेशनल हस्पीटलमा दक्ष एबम अनुभवी डाक्टरहरुद्वारा विभिन्न सेवाहरु उपलब्ध छन् ।