images
images

मांसपेशीमा हुने कमजोरी कसरि हटाउने ?

  • १ चैत्र २०८०, बिहीबार १०:०८
images

आज कुरा गरौ मांसपेशीमा हुने कमजोरीको बारेमा।

हाम्रो उमेर संगै हाम्रा शरीरमा भएका सम्पूर्ण पुर्जा यानी कि हाम्रा हाडजोर्नी ,मांसपेशी ,पाचन प्रणाली, श्वासप्रश्वास प्रणाली ,आदि इत्यादी पनि कम्जोर हुदै आउछन्।

यसै कारण उमेर संगै विभिन्न किसिमका समस्याहरु देखा पर्छन् । बुढौलीमा हाडजोर्नी खिइने समस्या सबैभन्दा बढी देखापर्ने समस्या हो ।

अनुशन्धानका अनुसार हामी ३० दसकको उमेरमा रहदाँ हाम्रो मांसपेशीको मास सबैभन्दा बढी रहने र
त्यस पछि त्यो क्रम बिस्तारै घट्ने देखिन्छ। बिशेष गरि महिलामा यी कमजोरी रजोनिवृत्ति पछि बढी देखिने गर्छ।

हाडजोर्नी खिइनु कपाल फुले सरह हो जसरी फुलेको कपाल पुन: कालो हुने असम्बभ छ ठिक त्यसैगरि खिएको जोर्नेपनि पूर्ण रुपमा पहिलेको जस्तै हुन गार्है हुन्छ।

हाम्रो उमेर जेसुकै भए पनि, हामीले आफ्नो शक्तिलाई अधिकतम बनाउन कदम चाल्न सक्छौँ।
नियमित कसरतले मांसपेशीलाई भने बलियो बनाउन सकिन्छ , जसले गर्दा हड्डीमा पर्न जाने भार मांसपेशीले धान्छ हामीले सजिलो महशुस गर्छौँ।

मांसपेशी बलियो बनाउने कसरतमा शक्ति प्रशिक्षण , प्रतिरोध प्रशिक्षण पर्न आउँछन्।
यस्ता कसरत प्राय तौल, ब्यान्ड, मेसिन प्रयोग गरेर गरिन्छ। यी कसरत सुरु गर्नु अघि, व्यक्तिगत स्वास्थ्य र फिटनेस जाँच गर्न महत्त्वपूर्ण छ, जसले हामीलाई हाम्रोको लागि उत्तम अभ्यासहरू चयन गर्न मद्दत गर्न सक्छ।

प्रतिरोध प्रशिक्षणका निम्न उलेखित फाईदा छन् :

१ स्थिरता सुधार गर्छ । यसले तपाईंको जोर्नी र मांसपेशीहरूलाई अझ स्थिर बन्न मद्दत गर्दछ। यसले धेरै छोटो अवधिमा अधिकतम बल प्रयोग गर्ने क्षमतालाई बढुवा बनाउँछ।

२ मांसपेशी मास बढ्ने । यसले तपाइँको मांसपेशिहरुलाई ठुलो र बलियो बनाउन मद्दत गर्दछ।

३ यी कसरतले मम्शापेशिलाई बलियो बनाई सन्तुलन गरि लड्ने जोखिम , र लडेर हड्डी भाँचिने जोखिम कम गर्दछ, जुन विशेष गरी वृद्ध हरुका लागि महत्त्वपूर्ण छ।

कसरतका साथसाथै प्रोटिनजन्य खानाले पनि उतिकै महत्वोपूण भूमिका निर्बाह गर्छ। प्रोटीन महत्त्वपूर्ण छ किनभने यो हाम्रो सबै कोशिकाहरूमा हुन्छ – मांसपेशी कोशिकाहरू सहित – हाम्रो शरीरले यसलाई निरन्तर पुन: प्रयोग गर्दछ।

प्रोटीन युक्त खानाहरूले एमिनो एसिडहरू प्रदान गर्दछ जुन हाम्रो शरीरलाई चाहिने नयाँ प्रोटीनहरूको निर्माण ब्लकहरूका रुपमा सक्रिय छन्। उमेर बढ्दै जाँदा प्रोटिनको आवश्यकता पनि बढ्छ । त्येसैगरी यदि हामी धेरै व्यायाम गर्दैछौँ – जसले नयाँ मांसपेशी निर्माण गर्नमा टेवा पुर्याउँछ – त्यो क्रममा प्रोटिनको सेवन अझै फाईदाजनक हुन्छ।

प्रोटिनजन्य खानाको कुरा गरौँ।
१ अन्डा प्रोटिन प्राप्त गर्ने सजिलो तरिका हो
२ बजारमा प्रोटिन पाउडर पनि पाईन्नछ
३ माछा प्रोटिनले भरिएको लोकप्रिय खाना हो
४ ड्राइ फ्रुट, वियाँकाे प्रयाेग
५ दाल र चना पनि राम्रो प्रोटीनको स्रोत हो।
६ अर्को तोफु जुन किफायती छ र धेरै सुपरमार्केटहरूमा उपलब्ध छ।
७ हरिया सागसब्जी र तरकारीहरु नाबिर्सिउँ ( ब्रोकाउली , सिमि , पालुंगो , सलाद आदि )
८ बोसो रहित माशु ( कुखुरा ,टर्कि )

यसरी नियमित कसरतका साथै स्वास्थ्य र सन्तुलित भोजनले हाम्रो सन्तुलित र स्वास्थ्य जीवनलाई प्रोत्साहान गर्छ।

(डा. दिक्षा ओलिया फिजियोथेरापी/भौतिक चिकित्सक) ग्रिनसिटि अस्पताल, काठमाडौं मा कार्यरत हुनुुह्रुन्छ ।