images
images

विश्व रक्तदाता दिवसको अवसरमा भक्तपुरमा रक्तदान

  • १ असार २०८१, शुक्रबार १४:१४
images

भक्तपुर । विश्व रक्तदाता दिवसको अवसरमा शुक्रबार भक्तपुरका रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।

गोर्खा इको प्यानल जगाती भक्तपुर, गोर्खा प्रिकाष्ट एण्ड विण्डोर प्रालि झौखेल भक्तपुर र गोर्खा चाइनिज इटा काभ्रे गरी तीन वटा व्यवसायिक ससंस्थाहरुले संयुक्त रुपमा रक्तदान कार्यक्रम गरेका हुन् ।

सामाजिक उतदायित्वको कार्यक्रम अन्तर्गत नाफा लिने उद्देश्यकासाथ सञ्चालित व्यवसायिक संस्थाहरुले नाफाको केही रकम सेवामा लगाउनुपर्ने व्यवस्था अनुसार दोश्रो पटक रक्तदान कार्यक्रम गरेको कम्पनीहरुका अध्यक्ष विश्वराम कवांले बताए ।

नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा भक्तपुरको प्राविधिक सहयोगमा रक्तदान कार्यक्रम भएको हो ।