images
images

गर्मीका कारण हेटौँडाका शैक्षिक संस्थाहरू बन्द

  • १ असार २०८१, शुक्रबार १४:१६
images

हेटौँडा । हेटौँडा उपमहानगरपालिकाले आफ्नो क्षेत्रभित्रका सबै सामुदायिक तथा संस्थागत विद्यालयहरू दुईदिन बिदा दिएकाे छ ।

विगतका केही वर्षयता नै गर्मीको समस्याले शिक्षा क्षेत्रलाई प्रभाव पारिरहेको भए पनि यस वर्ष गर्मीको मात्रा अत्याधिक बढेको छ।

अत्याधिक गर्मीका कारण विद्यार्थीहरूलाई पठनपाठनमा असहज मात्र होइन धेरै विद्यार्थीहरू बिरामी समेत परेका छन्।

गर्मीले विद्यालयमा पठनपाठनको वातावरण नै अनुपयुक्त बनाएको छ। विद्यार्थी, अभिभावक र शिक्षकहरूबाट विद्यालय बन्द गर्न अनुरोध आएपछि उपमहानगरले वर्षे बिदाबाट केही दिन कट्टी गरी विद्यालय बन्द गर्ने निर्णय गरेको हो।

गर्मीकै समस्याले जनजीवन कष्टकर बनिरहेको समयमा बिद्युत प्राधिकरणले छिन-छिनमा बिजुली कटौती गरेर झन् समस्या थपेको छ। पछिल्लो दुई साताको अवधिमा हेटौँडा र आसपासका क्षेत्रमा बिधुत प्रसारण अनियन्त्रीत जस्तै बनेको छ ।

दिनमा ३५ पटकभन्दा बढी बिजुली जाने आउने समस्या यहाँका बासिन्दाले भोगिरहेका छन्।