images
images

सुलभ फार्मेसी सञ्चालन निर्देशिका तर्जुमा गर्न आचार्यको संयोजकत्वमा समिति गठन

  • २ चैत्र २०८०, शुक्रबार १३:१६
images

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले सुलभ फार्मेसी कार्यक्रम सञ्चालन निर्देशिका तर्जुमा गर्न कानुन तथा मानव अधिकार विभागका प्रमुख बसन्त आचार्यको संयोजकत्वमा समिति गठन गरिएको छ ।

कार्यक्रम कार्यान्वयनका लागि प्रमुख प्रशासकीय अधिकृत प्रदीप परियारको अध्यक्षतामा बसेको छलफलपछि समिति गठन गरिएको हो ।

समितिको सदस्यहरुमा वरिष्ठ फर्मासिष्ट बाबुराम हुमागाईँ, संगीता माथेमा, चैन बज्राचार्य, मणि लामा र स्वास्थ्य विभागका निमित्त प्रमुख सजिना महर्जन हुनुहुन्छ । समितिलाई ७ दिनको समय दिइएको छ ।