पत्थरी हुनु सामान्य समस्या हो, जसलाई उचित उपचारले छिट्टै निको पार्न सकिन्छ। जब खनिज शरीरमा जम्मा भएर ढुङ्गाको रूप लिन्छ, त्यसलाई हामी पत्थरी भन्छौं। पत्थरीहरू प्रायः केराउ, मटरभन्दा पनि ठूला हुन सक्छन्। पत्थरीको हुनुका कारणहरू धेरै हुने चिकित्सकहरू बताउछन ।
भिटामिन–डी वा क्याल्सियमको विकल्प लामो समयसम्म लिने हो भने शरीरमा क्याल्सियमको मात्रा बढ्छ । जसका कारण पत्थरी हुन सक्छ । बढ्दो मोटोपना, कम शारीरिक गतिविधि, उच्च रक्तचाप र शरीरमा क्याल्सियमको कम अवशोषणले पनि पत्थरी हुन सक्छ।
मृगौलाले तपाईंको शरीरको फोहोरबाट पिसाब बनाउँछ। त्यसपछि यो पिसाब युरेटर हुँदै पिसाब थैलीमा जान्छ, जहाँ यो भण्डार हुन्छ। पिसाबले तपाईंको शरीरलाई मूत्रमार्ग मार्फत छोड्छ। पिसाबमा केही मिनरल्स अत्यधिक मात्रामा जम्मा हुँदा पत्थरीको समस्या हुन्छ । शरीरमा पानीको कमी हुँदा युरिक एसिडको वृद्धि, क्याल्सियम वा पोटासियमको वृद्धि जस्ता खनिजहरूको कारणले गर्दा तपाईंको पिसाब बाक्लो हुन्छ। त्यसपछि पत्थरीको रुप लिन थाल्छ र शरीरमा धेरै लक्षण देखिन थाल्छ ।
हामीले यस बिषयमा हामीले यस बिषयमा कन्सल्टेन्ट जनरल सर्जन डा. शाम्भवी शर्मासंग गरिएकाे कुराकानी तल भिडियाेमा हेर्न सक्नु हुन्छ ।