मेवा खादा हाम्रो शरीरलाई हुने फ़ाइदाहरुको बारेमा त धेरैलाई थाहा नै छ तर के तपाइलाइ थाहा छ कि मेवाले हाम्रो शरीरलाई असर पनि गर्छ भनेर । मेवा एक स्वादिलो तथा स्वास्थ्यवर्धक फल हो भन्ने कुरामा दुइमत छैन । विज्ञहरुका अनुसार मेवाको केवल फल मात्र होइन पूरै रुख नै औषधिय गुणले युक्त हुन्छ ।यसमा सबै आवश्यक पोषक तत्वहरू पाइन्छ, जसले शरीरलाई धेरै रोगहरूबाट बचाउन मद्दत गर्छ। यो खान पनि निकै स्वादिलो हुन्छ । यसमा भिटामिन-ए, भिटामिन-सी, फाइबर, फोलेट र धेरै तत्वहरू पाइन्छ। तर म्याग्नेसियम, पोटासियम, नियासिन, प्रोटिन र क्यारोटिन तथा डायटरी फाइबर जस्ता शरीरलाई फाइदा पुग्ने तत्वहरुले भरिएको मेवाले बेफाइदा पनि गर्छ । मेवाको सेवन कुनै समयमा शरीरका लागि निकै घातक हुन सक्छ । आयुर्वेदका अनुसार मेवा सेवन शरीरको लागि जति धेरै फाइदाजनक छ त्यति नै यसका नराम्रा असरहरु पनि छन् ।
आज हामि मेवा खानुका बेफाइदाहरुको बारेमा तपाइहरुलाइ जानकारी दिनेछौ ।
मेवामा पपाइन नामक तत्व पाइन्छ । यसले एलर्जी हुन सक्छ। यदि तपाईले धेरै मात्रामा मेवा सेवन गर्नुभयो भने तपाईलाई सुन्निने, चक्कर लाग्ने, टाउको दुख्ने, दाग र चिलाउने जस्ता समस्या हुन सक्छ। क्यारोटेनिया नामक रोगको विरामीले मेवाको सेवन गर्नुहुँदैन । मेवामा भएको लेटेक्स नामक पदार्थले उक्त रोगका विरामीमा छालाको एलर्जी हुन्छ । पाचन प्रणालीको लागि हानिकारक मेवामा फाइबर पर्याप्त मात्रामा पाइन्छ । जसले पाचन प्रणालीलाई स्वस्थ राख्न मद्दत गर्छ । तर यदि तपाईले धेरै मात्रामा मेवा सेवन गर्नुभयो भने यसले तपाईको पाचनलाई असर गर्छ । यदि तपाइँ धेरै मेवा खानुहुन्छ भने, तपाइँको पेट खराब हुन सक्छ। जसका कारण पेट दुख्ने समस्या हुन सक्छ । पेटमा समस्या भएको समयमा वा झाडापखाला लागेको समयमा मेवाको सेवन गर्दा झन् धेरै पखाला लाग्न सक्छ । मेवा कब्जियतको लागि एक प्रभावकारी प्राकृतिक उपचारको रूपमा चिनिन्छ, तर अधिक मात्रामा मेवा खानुभयो भने तपाईंको शरीरलाई नकारात्मक असर पार्न सक्छ। फाइबरको अत्यधिक सेवनले कब्जियत पनि हुन सक्छ। गर्भावस्थामा मेवाको सेवन गर्नु हुँदैन । मेवामा लेटेक्स पाइन्छ । जसले पाठेघर साँघुरिने जोखिम हुन्छ । र, गर्भ पतन, प्रसव पीडा र बच्चालाई असहजता हुनसक्ने जोखिम हुन्छ । गर्भावस्थामा काँचो वा अर्ध पाकेको मेवा खानु असुरक्षित हुनसक्ने अध्ययनले देखाएको छ । स्तनपान गराइरहेका महिलालाई पनि मेवाको सेवन नगर्न सुझाव दिने गरिन्छ । किनकी मेवामा पपाइन नामक विषाक्त हुन्छ,जुन ससाना बच्चाका लागि हानीकारक मानिन्छ । यसबाहेक, बच्चा जबसम्म एक वर्षको हुँदैन, उनीहरुलाई मेजवा नखुवाउन नै सल्लाह दिने गरिन्छ । मेवामा पाइने इन्जाइम प्यापेन एक शक्तिशाली एलर्जी हो। तसर्थ, मेवाको अत्याधिक सेवनले श्वासप्रश्वाससम्बन्धी धेरै समस्याहरू निम्त्याउन सक्छ। तसर्थ, श्वासप्रश्वासको समस्या भएका व्यक्तिले मेवा धेरै मात्रामा खानु हुँदैन। मुटु रोगसँग सम्बन्धित समस्याबाट गुज्रिरहनुभएको छ र औषधि सेवन गरिरहनु भएको छ भने मेवाको सेवनबाट टाढा रहनुपर्छ ।