अदुवा एक यस्तो जडिबुटी हो जुन लगभग हरेक घरमा प्रयोग गरिन्छ। हामी नेपालीहरुको भान्छाघरमा त सजिलै उपलब्ध हुने, अझ भनौं नभई नहुने मसलामध्येको एक हो अदुवा । कतिपयले यसलाई चियाको स्वाद बढाउन प्रयोग गर्छन् भने कतिपयले यसलाई खानाको स्वाद बढाउन प्रयोग गर्छन्। त्यसो त अदुवा खानेकुरा स्वादिलो बनाउने जरुरी मसला मात्रै हैन, औषधीको भण्डार पनि हो ।
इतिहासलाई फर्केर हेर्दा आजभन्दा करिब ४००० वर्षअगाडिदेखि नै मानिसले अदुवाको प्रयोग गर्दै आइरहको पाइन्छ ।अदुवामा भिटामिन सी, क्याल्सियम, फस्फाेरस, आइरन, जिन्क, कपर तथा क्राेमियमजस्ता पाेषक तत्व पनि पाइन्छ अदुवामा जिंगेरोल नामक तत्व हुन्छ जुन शक्तिशाली औषधीय गुणयुक्त तत्व हो । अदुवामा पाइने गुणहरूले शरीरलाई धेरै फाइदाहरू प्रदान गर्न मद्दत गर्दछ। यसको औषधीय गुणहरूले धेरै सामान्य जीवनशैली समस्याहरू सहित गम्भीर रोगहरूलाई रोक्न र निको पार्न मद्दत गर्दछ। धेरै खायो भने चिनी पनि तीतो हुन्छ भन्ने नेपाली उखान नै छ । अदुवाको अत्याधिक प्रयोगले स्वास्थ्यलाई फाइदाको सट्टा हानी पुर्याउन सक्छ । त्यसैले कुनै पनि चीज फाइदा गर्छ भन्दैमा जथाभावी धेरै खानु पनि हुँदैन ।
अदुवा एक प्रकारको औषधि हो जसलाई चियामा मिसाएर खादा रुघाखोकी निको हुन्छ ।अदुवाको चिया पिउनाले रुघाखोकीको समस्याबाट बच्न सकिन्छ । अदुवामा ब्याक्टेरिया तथा भाइरससँग लड्ने अद्भुत क्षमता हुन्छ । त्यसैले यसकाे नियमित सेवन गर्दा घाँटीकाे संक्रमण हुनबाट हामी बच्न सक्छाैँ । अदुवाले हाम्राे रगत सफा पनि गर्छ । शरीरमा भएका टक्सिन हटाएर अदुवाले हाम्राे रगत सफा गर्न धेरै नै सहयाेग गर्छ । अदुवाकाे प्रयाेगले हाम्राे पाचन प्रक्रिया पनि बलियाे बन्छ । यसले हाम्राे ताैल घटाउन पनि सहयाेग गर्छ किनभने यसले पाचन क्रियासँगै मेटाबोलिजम बढाउँछ। अनि हामीलाई चुस्तदुरुस्त राख्न पनि सहयाेग गर्छ । अदुवाले शरीरलाई बलियाे बनाउनुका साथै हामीलाई लाग्ने खाेकीबाट पनि छुट्कारा दिन्छ । सासप्रश्वासलाई राम्राे बनाउन पनि यसले सहयाेग गर्छ ।
अदुवाले हाम्राे रक्तसंचारलाई सुधार गर्ने भएकाले नियमित रुपमा अदुवा खाँदा हामीलाई दुखाइ कम महसुस हुन्छ । त्यसैले बढ्दाे उमेरमा अदुवा खानु अझ राम्राे हुन्छ । अदुवामा पाइने फेनोलिक एसिडले पेटको जलन र एसिडिटी कम गर्छ । अदुवाले हाम्रो पाचन शक्तिलाई मात्र बलियो बनाउँदैन तर ग्यास, दुखाइ र पखालाबाट पनि राहत दिन्छ। यसले कब्जियतको समस्या पनि हटाउँछ । अदुवा क्यान्सर जस्ता गम्भीर रोगबाट बच्न पनि उपयोगी हुन्छ । खाली पेटमा अदुवाको पानी पिउनाले पाचन प्रणालीलाई मजबुत बनाउँछ । अदुवाको पानीले अपच, कब्जियत, ब्लोटिंग, बान्ता, पखाला र वाकवाकी जस्ता समस्याहरूलाई हटाउनमा धेरै महत्त्वपूर्ण भूमिका खेल्छ। यसका साथै यसले शरीरबाट खराब कोलेस्ट्रोल हटाउन पनि मद्दत गर्छ। अदुवाको सेवनले मानसिक तनाव कम गर्न र मानसिक स्वास्थ्य सुधार गर्न मद्दत गर्छ। यसबाहेक अदुवामा पाइने भिटामिन ए र एन्टीअक्सिडेन्टले आँखाको स्वास्थ्यलाई कायम राख्न मद्दत गर्छ। अदुवाको नियमित सेवनले रगतमा चिनीको मात्रा नियन्त्रण गर्न मद्दत गर्छ ।
अदुवाको धुलो महिनावारी समयमा हुने पीडाको उपचार एक अध्ययनअनुसार महिनावारी समयको पहिलो प्रत्येक तीन दिन अदुवाको धुलो दिनको एक—एक चम्चा खाने महिलाहरुमा महिनावारीको समयमा हुने पीडाबाट छुटकारा मिलेको थियो । तसर्थ, महिलाहरुले महिनावारीको समयमा हुने त्यस्ता पीडाबाट राहत पाउनको निमित्त पनि अदुवाको धुलोलाई प्रयोग गर्न सक्छौं ।
धेरै अदुवा खानुका बेफाइदाहरू केके हुन् ?
अदुवाको अधिक सेवनले पेट दुख्ने, ग्यास र पखाला लगायतका समस्याहरू निम्त्याउन सक्छ। अदुवामा रगत पातलो पार्ने गुण हुने यौगिकहरू हुन्छन्। यसको अत्यधिक मात्रामा सेवन गर्दा रगत बग्ने खतरा बढ्छ। यदि तपाई गर्भवती हुनुहुन्छ भने अदुवाको सेवन थोरै मात्रामा गर्नुपर्छ । किनभने अदुवामा तातो स्वभाव हुन्छ। गर्भावस्थामा अदुवाको अत्यधिक सेवनले गर्भपतनको जोखिम बढाउन सक्छ। अदुवाको अत्यधिक सेवन मधुमेहका बिरामीका लागि हानिकारक हुन सक्छ। विशेष गरी जब तपाईं मधुमेहको औषधि खाँदै हुनुहुन्छ। यस्तो अवस्थामा अदुवाको अत्यधिक सेवन जोखिमपूर्ण हुन सक्छ। अदुवाको अत्यधिक सेवनले छालामा समस्या निम्त्याउन सक्छ । यसले आँखा रातो हुने, सास फेर्न गाह्रो हुने, ओठ सुन्निने, आँखा चिलाउने, घाँटी दुख्ने आदि हुन सक्छ। अदुवाको अत्यधिक सेवनले तपाईंलाई असहज महसुस गराउन सक्छ। यति मात्र होइन, यसले पेटमा गडबडी र पेट दुख्ने समस्या पनि निम्त्याउन सक्छ । त्यसैले अदुवाको सेवन सिमित मात्रामा गर्नुपर्छ । मुटु- यदि तपाई मुटु रोगी हुनुहुन्छ र अदुवाको अत्यधिक सेवन गर्नुहुन्छ भने यो तपाईको लागि हानिकारक हुन सक्छ ।