हामी सबैलाई सामान्यतया बेलाबेलामा हाच्छिउँ आईनै रहन्छ । तर कुनै अवस्थामा मानिसहरु बिभिन्न कारणले गर्दा हाच्छिउँ लाई रोक्न बाध्य भएका हुन्छन् । तर हाच्छिउँ रोक्ने प्रयास तपाईंको लागि प्राणघातक हुन सक्छ भनेर कहिल्यै सोच्नुभएको छ? डाक्टरहरुका अनुसार, हाच्छिउँ आउँदा यसलाई रोक्न यदि तपाईंले नाक र मुख बन्द गर्नुभयो भने गम्भीर चोट लाग्न सक्छ।
कहिलेकाही हामीले हाच्छिउँलाई रोक्न खोज्दा कानको जालीमा असर परेर कानमा समस्या आउन सक्छ भने मस्तिष्कको नसा फाट्न पनि सक्दछ।त्यसैले डाक्टरहरुले हाच्छिउँलाई रोक्नु मानव स्वास्थ्यका लागि एकदमै हानिकारक भएको बताउने गरेका छन् ।
डन्डी युनिभर्सिटीका डाक्टरहरू भन्छन्– हाच्छिउँ रोक्न मुख र नाक बन्द गर्दा श्वासनलीको माथिल्लो भागमा दबाब २० गुणासम्म बढ्न सक्छ जसका कारण मानिसको कानको पर्दा फुट्न सक्ने उनको भनाइ छ। रक्तनलीमा अप्रत्याशित दबाब पर्नसक्छ, जसलाई एन्युरिज्म भनिन्छ।
साइन्स जर्नल बिएमजे केस रिपोर्टमा डाक्टरहरुले बताएका छन्- जब हाच्छिउँ रोक्ने कोसिस गरिन्छ, यसबाट तपाईंको कानमा असर पर्न सक्छ। यसका साथै मस्तिष्कको नसा फाट्न पनि सक्छ। हामी तपाईलाई हाच्छिउँसग जोडिएका केहि रोचक तथ्यहरुको बारेमा जानकारी दिनेछौ ।
हाच्छिउँ सम्बन्धी रोचक तथ्यहरु
– हाच्छिउँ गर्दा निस्कने वायु, पानी तथा धुलोका कणका गति १६० किलोमिटर प्रतिघन्टासम्म पुग्न सक्छ।
– हाच्छिउँ गर्दा निस्कने किटाणुहरु ९ मिटर अर्धव्यासको क्षेत्रसम्म फैलन सक्छ।
– हाच्छिउँ गर्दा शरीरको सिस्टम रिस्टार्ट हुन्छ र शरीरमा पुनस्फुर्ति ल्याँउछ।
– धुवा, धुलो, चिसो एलर्जी बाहेक सूर्यको किरण पनि हाच्छिउँको कारण बन्न सक्छ। करीब चार मध्ये एक जनामा यो प्रभाव देखिन्छ।
– नाक भित्र रहेका खराब पदार्थ एकै पटक बाहिर ननिस्कने हुँदा हाच्छिउँ दुई तीन पटकसम्म लगातार आउन सक्छ।
– हाच्छिउँ गर्दा हाम्रो आँखा आफै बन्द हुने गर्छ ।
– हाच्छिउँ गर्दा मुटुको धडकनको गति पूर्ण रुपले बन्द त हुँदैन तर घट्छ ।