मृगौला डायलासिसका बिरामीले दैनिक हल्का व्यायाम गरेमा उनीहरू शारीरिक रूपमा धेरै फिट हुन्छन्।
व्यायाम नगर्ने मानिसको तुलनामा उनीहरुको फिटनेस पनि निकै राम्रो हुन्छ । र, बारम्बार अस्पताल जानु पर्दैन ।
जर्मनीको ‘टेक्निकल युनिभर्सिटी अफ म्युनिख (टुम)’का अनुसन्धानकर्ताहरुको टोलीले डायलासिसका बिरामीले दैनिक हल्का व्यायाम गरेमा उनीहरुको फिटनेस अचम्मको हुने विश्वास व्यक्त गरेको छ । मिर्गौलामा गम्भीर क्षति भएका व्यक्तिले हप्तामा पटकपटक डायलासिसका लागि अस्पताल जानुपर्छ ।
धेरै मिर्गौला रोगीहरू मधुमेह र हृदय रोग जस्ता थप स्वास्थ्य समस्याहरूबाट पनि ग्रस्त छन्।
यो प्रश्नलाई लिएर हामिले वरिष्ठ मृगौला रोग विशेषज्ञ डा. अर्चन शम्शेर राणासंग गरेकाे कुराकानीकाे भिडियाे हेर्नुहाेस ।