काठमाडौं। युगान्डाबाट आएका दुई जना महिला सवा केजी कोकिनसहित पक्राउ परेका छन्।
प्रहरीका अनुसार बैशाख ३० गते काठमाडौं ओर्लिएकी महिलाले पेटभित्र लुकाएर एक केजी २ सय ६० ग्राम कोकिन ल्याएकी थिइन्।
उक्त लागु औषध लिन भारतबाट काठमाडौं आएकी महिला पनि पक्राउ परेकी छन्।
चकलेटभित्र कोकिन मिसाएर ल्याएको पाइएको थियो। ती चकलेटमा एक केजी ३ सय ९४ ग्राम कोकिन बरामद भएको पाइएको छ।