images
images

कानको समस्याले रिंगटा लाग्न सक्छ ?

  • ३२ श्रावण २०८१, शुक्रबार ११:४३
images

पछिल्लो समय धेरै जनालाई रिंगाटाको समस्याले सताएको छ, यसलाई हामीले कसरी बुझ्ने ?
पहिला त हामीले रिंगटा भनेको के हो त्यो बुझ्नु पर्दछ । मस्तिष्कमा समस्या, आँखाको समस्या, भित्री कानको समस्या, ढाडको समस्या, रक्तचाप कम हुँदा, रक्तअल्पता हुँदा, मुटुको समस्या, रगतमा खराबी, रगत जम्ने, माइग्रेन र उमेर ढल्किंदै जाँदा नसाहरु शिथिल भएर रिंगाटा लाग्ने समस्या हुन्छ ।

नियमित रिंगटा लाग्ने समस्या भयो भने यसले विकराल रुप लिने जोखिम हुन्छ। र, नियमित रिंगटा लाग्नु कुनै ठूलो रोग लागेको लक्षण पनि हुनसक्छ।
चक्कर लाग्ने विभिन्न कारण भएकाले के कारण चक्कर लागेको हो, त्यो पत्ता लगाएर त्यसको उपचार गर्नु जरुरी हुन्छ ।

आज हामीले कानको समस्याले रिंगटा लाग्न सक्छ त ? भनेर ब्लुक्रस अस्पतालमा कार्यरत नाक, कान तथा घाँटी रोग विशेषज्ञ डा. श्रृति मानन्धर संग सोधेका छौ ।
कुराकानी तल भिडियाेमा हेर्न सक्नु हुन्छ ।