images
images

अन्नपूर्ण प्राकृतिक अस्पतालले इजरायलबाट फर्केका नेपाली नागरीकहरूलाइ निशुल्क PTSD उपचार सेवा दिने

  • २९ आश्विन २०८०, सोमबार ०९:५२
images

काठमाडौं । अन्नपूर्ण प्राकृतिक अस्पतालले इजरायलबाट फर्केका नेपाली नागरीक र उनिहरूकाे परिवारका सदस्यहरूलाइ निशुल्क पोस्ट-ट्रमाटिक स्ट्रेस डिसअडर (PTSD) उपचार सेवा दिने भएकाे छ ।

ललितपुरकाे नख्खु दोबाटो, बागडोल-४, खरिबोटमा रहेकाे अस्पतालले एक महिनाकाे लागी याे सेवा निशुल्क गर्ने जानकारी दिएकाे छ ।

अस्पतालका संस्थापक समेत रहनुभएका डाक्टर स्कन्द डाँगीका अनुसार यस अस्पतालले प्राकृतिक चिकित्सा, योग थेरापी, भोजन चिकित्सा, फिजियोथेरापी, उपवास चिकित्सा, जडबुटी, अकुपञ्चर, हाइड्रोथेरापी, मसाज थेरापी लगायतको हानीरहित उपचार गरिरेहको बताउनुभयो ।

विशेषगरी इजराइलबाट फर्केका नेपालीहरूमा डर, त्रास, चिन्ता मानसिक समस्या, मुटुकाे कम्पन चाल बढ्ने, अनिन्द्रा, झस्कने लगायत विभिन्न खालका मानसिक समस्याहरू देखिएकाे डा. डाँगीकाे भनाइ छ ।

इजरायल र हमासबिचकाे युद्धमा केहि दिन पहिला १० नेपाली नागरीककाे मृत्यु भएकाे थियाे । युद्धग्रस्त देश इजराइलवाट हालसम्म दुई सय ५३ जना नेपाली स्वदेश फर्काइएकाे छ । बाँकिकाे उद्धार गर्न सरकार प्रयासरत रहेकाे छ ।

युद्धग्रस्त देश इजराइलबाट फर्किएका नेपालीहरूले ललितपुर नख्खु दोबाटो, बागडोल-४, खरिबोटमा रहेकाे अस्पतालमा ०१५१९११७१ र ९८६९४९७६३६ सम्पर्क गर्न सक्ने अस्पताल स्राेतले जनाएकाे छ ।