images
images

चितवन र गोरखामा तीन जनामा कोरोना सङ्क्रमण पुष्टि

  • ३ माघ २०८०, बुधबार ०८:०८
images

चितवन। चितवनमा दुई जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ।

भरतपुर अस्पतालका सूचना अधिकारी गोपाल पौडेलका अनुसार आइतबार र आज गरिएका छुट्टाछुट्टै परीक्षणमा २९ वर्षे र ६६ वर्षे पुरुषमा कोरोना पुष्टि भएको हो।

निमोनियाका कारण उपचारका लागि अस्पताल आएका वृद्धको कोरोना परीक्षणका क्रममा सङ्क्रमण पुष्टि भएको हो। उनलाई अस्पतालमै राखेर उपचार सुरु गरिएको सूचना अधिकारी पौडेलले बताए।

यस्तै गोरखामा पनि एक जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

शहिद लखन गाउँपालिका-७ बुंकोटका ४० वर्षीय पुरुषमा कोरोना भाइरस पुष्टि भएको जिल्ला अस्पताल गोरखाले जनाएको छ।

उनलाई होम आइसोलेसनमा बस्न भनिएको अस्पतालले जनाएको छ।