
काठमाडौं । खानेपानी मन्त्रालयले मेलम्चीको पानी विश्व स्वास्थ्य संगठनको मापदण्ड बमोजिम शुद्ध भएको दावी गरेकाे छ ।
मन्त्रालयले मंगलबार अपिल जारी गर्दै मेलम्चीको पानी प्रशोधन गरेर शुद्ध पारेपछि उपभोक्ताको धारामा वितरण गरिएको जनाएको हो ।
खानेपानी मन्त्रालयले मेलम्चीको पानीको गुणस्तरीयतामा शंका नगर्न उपभोक्तालाई आग्रहसमेत गरेको छ ।
‘मेलम्ची खानेपानी आयोजनाको प्रशोधन केन्द्र सुन्दरीजलमा विश्व स्वास्थ्य संगठनको मापदण्ड बमोजिम प्रशोधन गरी प्रशारण गरिएको छ ’ मन्त्रालयले जारी गरेको अपिलमा भनिएको छ ।