बिरगंज । सूर्य अस्पताल बिरगंजमा एकजना महिलाले तिम्ल्याहा बच्चा जन्माएकी छिन्।
बिवाह पश्चात १५ वर्षदेखि निसन्तान रहेकी सर्लाहीको कविलासी नगरपालिका – ७ की ३५ वर्षीय महिलाले उपचार पश्चात् तिम्ल्याहा बच्चालाई जन्म दिएको अस्पतालका निर्देशक डाक्टर सरोज सिंहले जानकारी दिएका छन।
आइभीएफ ईनभीट्रो फर्टीलाईजेशन प्रबिधिबाट उपचार पश्चात् तिम्ल्याहा बच्चालाई जन्म दिएकी हुन ।
तिम्ल्याहामध्ये दुई छोरी र एक छोरा रहेको डाक्टर सिंहले बताएका छन।