images
images

वीर र ट्रमा सेन्टरमा फोहोर व्यवस्थापन अनुगमन

  • ५ फाल्गुन २०८०, शनिबार ११:११
images

काठमाडौँ । काठमाडौँ ठूला अस्पतालमध्येको वीर अस्पतालबाट मासिक २७ हजार ५ सय किलो फोहोर उत्पादन हुने गरेको छ । जसमध्ये संक्रमणजन्य फोहोर ८ हजार १५३ केजी, सुइबिनाको सिरिञ्ज ६३९ केजी, तिखो सिसा १२० केजी, धारिलो तथा तीखो धातु १०४ केजी, डाइपर र सेनिटरी प्याड २ हजार १४४ केजी, कागज २ हजार २२३ केजी, प्लाष्टिक र प्लाष्टिकजन्य बोतल ७ हजार ७०२ केजी, नफुटेका सिसा १ हजार ४४० केजी फोहोर छ । जसमध्ये ५ हजार ३६ किलो कुहिने फोहोर छ ।

ट्रमा सेन्टरमा मासिक ९ हजार किलो फोहोर उत्पादन हुन्छ । जसमा संक्रमित फोहोर २ हजार ४ सय केजी छ । बाँकी जैविक फोहोर हो ।

यी प्रक्रियालाई सुधार गरेर उत्कृष्ट र नमूना बनाउनु पर्छ । उपप्रमुख सुनिता डंगोलको नेतृत्वमा गएको अनुगमन टोलीले सुझाव दिएको छ ।

स्रोतमा फोहोर मिसिन सक्ने, ढुवानी तथा प्रशोधन कार्यमा सहभागी हुने व्यक्तिको सुरक्षा, भण्डारण कक्षको उचित प्रबन्ध र बाहिर निकाल्ने फोहोरमा धारिलो तथा जोखिमयुक्त फोहोर मिसिन सक्ने खतराबाट बचाउन अनुगमनका क्रममा दिइएका सुझाव हुन् ।