images
images

तनहुँमा जंगली च्याउ खाँदा पाँच जना बिरामी

  • ४ असार २०८१, सोमबार १०:२८
images

तनहुँ । तनहुँकाे आँबुखैरेनी गाउँपालिका-६ हिलेखर्कमा जंगली च्याउ खाँदा पाँच जना बिरामी परेका छन् ।

बिरामी हुनेमा ५४ वर्षीय डिलबहादुर गुरुङ, ५७ वर्षीया मधु गुरुङ, ९२ वर्षीय रणबहादुर गुरुङ, ८५ वर्षीया द्रोणपती गुरुङ र ५८ वर्षीया पम्फी गुरुङ रहेका छन्।

उनीहरूको चितवन र आबुखैरेनी अस्पताल तनहुँमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ।