काठमाडौं । पाटन अस्पताल र सानिमा बैंक लिमिटेडबीच विपन्न महिलाहरुको उपचारका लागि आर्थिक सहयोग गर्ने सम्झौतापत्रमा हस्ताक्षर भएको छ ।
पाटन अस्पतालको परिसरमा आयोजित एक कार्यक्रममा अस्पतालका निर्देशक डा. रवि शाक्य र सानिमा बैंकका प्रमुख निक्षेप अधिकृत हेमराज संज्यालले सम्झौतापत्रमा हस्ताक्षर गरे ।
सम्झौताअन्तर्गत आउँदो एक वर्षका लागि सानिमा बैंकले न्यून आर्थिक अवस्था भएका महिलाहरुको उपचारका लागि पाटन अस्पताललाई आर्थिक सहयोग उपलब्ध गराउनेछ । बैंकले २०७४ सालदेखि विपन्न महिलाहरुको उपचारका लागि पाटन अस्पतालमार्फत् आर्थिक सहयोग गर्दै आइरहेको छ ।