images
images

सिद्धार्थका ग्राहकलाई आरुष लाइफस्टाइल हस्पिटलमा छुट

  • २ श्रावण २०८१, बुधबार ११:००
images

काठमाडौं । आरुष लाइफस्टाइल हस्पिटल प्रालि र सिद्धार्थ बैंकबीच बैंकका ग्राहकहरुलाई विभिन्न सेवामा छुट प्रदान गर्ने सम्बन्धी सम्झौता भएको छ ।

सम्झौताअनुसार बैंकका ग्राहकहरुले आरुष लाइफस्टाइल हस्पिटल प्रालि अन्तर्गत देशभर रहेका शाखाहरुमा बैंकको कार्ड तथा मोबाईल बैंकिङ सेवाबाट भुक्तानी गर्दा २५ प्रतिशतसम्म छुट प्राप्त गर्न सकिने छ ।

सो सम्झौता पत्रमा बैंकका ट्रान्ज्याक्शन बैंकिङ तथा इन्टरनेशनल बिजनेस प्रमुख जीतबहादुर अधिकारी र आरुष लाइफस्टाइल हस्पिटलसका प्रमुख कार्यकारी अघिकृत डा. सन्तोष शाक्यले हस्ताक्षर गरेका थिए ।

ग्राहकहरुले आरुष लाइफस्टाइल हस्पिटलको कुपन्डोल हाइट, ठिमी चारदोबाटो (शंखघर चोक), टुसाल बौद्धनाथ मार्ग, न्यूरोड पोखरा, बरगाछी विराटनगर स्थित शाखा कार्यालयहरुबाट पनि उपलब्ध हुने सेवाहरुमा उल्लेखित छुट पाउन सक्ने बैंकले जनाएको छ ।