आज हामी बच्चाहरुमा पिसाबको संक्रमण किन हुन्छ ? यसको लक्षण ,जटिलता र समाधानको बारेमा चर्चा गर्ने छौ । पिसाब हाम्रो सरिरमा रहेको दुईटा मृगौलाले रगतलाई छानेर बिकार बाहिर पठाएको तरल पदार्थ हो । सामान्यतया पिसाब बनाउने, भण्डारण गर्ने तथा शरीरबाट बाहिर निकाल्न मद्दत गर्ने जुनसुकै अंगमा भएको संक्रमणलाई पिसाब संक्रमण भनिन्छ। विभिन्न सर्वेक्षणअनुसार नवजात बालिकाको तुलनामा नवजात बालकमा चार गुणा बढी पिसाब संक्रमणको समस्या देखिएको छ।
बच्चाहरुमा पिसाबको संक्रमण किन हुन्छ ? यसको लक्ष्यण,जटिलता र समधान के के हुन ?
बाल सल्य चिकित्सक डा.मनोज कृष्ण श्रेष्ठ