मानिसको जीवनशैलीमा आएको परिवर्तनले नेपालमा हृदयघातका बिरामी बढिरहेका छन् ।
अस्वस्थ खानपान र जीवनशैलीमा आएको परिवर्तन रोगका कारक मानिएका छन् । १० वर्षको तथ्यांक हेर्ने हो भने हृदयघात हुनेको सङ्ख्यामा दोब्बर वृद्धि भएको छ ।
घरभन्दा बाहिरको अस्वस्थ खानपान गर्नाले पनि हृदयघातका बिरामी बढिरहेको चिकित्सकले बताएका छन् ।
मुटुमा रक्त सञ्चार गर्ने नलीको काम मुटुको मांसपेशीलाई आवश्यक पर्ने अक्सिजन, ग्लुकोजलगायत पोषण तत्व पुर्याउने हो। कुनै कारणवस यी रक्तनलीमा अवरोध आयो भने त्यो भागमा रक्त सञ्चार कम हुने र मुटुको मांशपेशीको मृत्यु हुन सक्छ। यसलाई हृदयघात भनिन्छ।
पछिल्ला वर्षमा नेपालमा हृदयघात हुनेहरूको संख्या बढ्दै गइरहेको डा. कार्तिकेश ठाकुर बताउनु हुन्छ ।
बारे हामीले वरिष्ठ मुटुरोग विशषज्ञ डा. कार्तिकेश ठाकुरसंग गरिएकाे कुराकानी तल भिडियाेमा हेर्न सक्नु हुन्छ ।