images
images

बाथ रोग भनेको के हो ? यसबारे महत्वपूर्ण जानकारी

  • १ पुष २०८०, आईतवार १४:००
images

विज्ञानको भाषामा ‘आर्थराइटिस’ भनिने बाथरोग जोर्नी सुन्निने र दुख्ने समस्या हो । यस्तो समस्या बढ्दो उमेरसँगै बढ्ने गर्छ । यो समस्या विशेषगरी ५० वर्षभन्दा माथिका मानिसमा देखिने गर्छ ।

बदलिँदो जीवनशैली, जंकफुडको सेवन, खानामा पोषणतत्वको कमि तथा घण्टौंसम्म कम्प्युटरमा बस्नाले पनि उक्त रोग लाग्ने गर्छ । सोही कारण युवापुस्तामा पनि यो रोग देखिने गरेको छ ।

डब्लूएचओका अनुसार विश्वका करिब ५० लाख मानिस बाथरोगबाट पीडित छन् । हाम्रोजस्तो विकासोन्मुख मुलुकमा मात्र नभएर विकसित मुलुकहरुमासमेत बाथरोगसम्बन्धी जनचेतना कम भएको पाईएको छ ।

बाथ रोग भन्नाले कुनै एउटा मात्र रोग नभएर विभिन्न रोगहरुको संकलनलाई बुझाउँछ । अहिले सम्म १०० भन्दा बढि प्रकारका बाथ रोगहरु पत्ता लागी सकेको छ ।

खासगरी मानिसको शरीरमा हुने रोग प्रतिरोधात्मक पद्धतिमा भएको असन्तुलनका कारण यो रोग लाग्ने चिकित्सकहरुको भनाइ छ । आज हामी ढाडमा हुने बाथको समस्या बारे छलफल गर्दैछाै ।

बाथकाे सन्दर्भमा हामीले बाथरोगका क्षेत्रमा लामो समयदेखि कार्यरत फिजिसियन तथा बाथरोग विशेषज्ञ डा. विनय कुमार रेग्मीसँग कुराकानी गरेका छौँ ।

हेर्नुहाेस भिडियाे