images
images

बैंककमा वायु प्रदूषण बढेपछि कर्मचारीहरूलाई घरबाटै काम गर्न आग्रह

  • ६ फाल्गुन २०८०, आईतवार ०७:५९
images

थाइल्याण्डको राजधानी बैंककमा वायु प्रदूषण बढेपछि कर्मचारीहरूलाई घरबाटै काम गर्न भनिएको हाे ।

वायु प्रदूषणको हानिबाट बच्न कर्मचारीहरूलाई घरबाट काम गर्न भनिएको छ। शहरका अधिकारीहरूले यहाँका कम्पनीहरूलाई आफ्ना कर्मचारीहरूलाई प्रदूषणबाट जोगाउन मद्दत गर्न आग्रह गरेका छन्।

एयर मनिटरिङ वेबसाइट आइ क्यु केयर को अनुसार बिहीबार बिहान देखी बैंकक विश्वको १० सबैभन्दा प्रदूषित शहर मध्ये एक रहेकाे छ ।

गभर्नर चचार्ट सिटिपुन्टले बुधबार साँझ मात्रै  बैकक सहरका कर्मचारीहरूले बिहीबार र शुक्रबार घरबाट काम गर्ने बताएका थिए। उनले बैंककका ५० मध्ये कम्तीमा २० सहरमा स्वास्थ्यका लागि हानिकारक पीएम २.५ कण रहेको बताए पछि सबैलाइ ‘वर्क फ्ररम हाेम’ भनेका छन ।