images
images

एकदिनमा कति पानी पिउने ?

  • ६ फाल्गुन २०८०, आईतवार ११:५२
images

मानिसलाई दिनमा कति पानी पिउने भन्नेमा सधैं दुविधा हुन्छ । सामान्यतया दिनमा ३ लिटर पानी पिउन सल्लाह दिइन्छ। दैनिक सही मात्रामा पानी पिउनाले मेटाबोलिजमको स्तर छिटो बढ्छ र भोक पनि नियन्त्रणमा रहन्छ।
पानीले शरीरको तापक्रमलाई सन्तुलन राख्न र शरीरको विभिन्न अङ्गहरूलाई सुरक्षित राख्न मद्दत गर्दछ । शरीरका संवेदनशील अङ्गहरू, जस्तै मस्तिष्क, मुटु, फोक्सो, किड्नी, आँखाको सञ्चालनका लागि पनि पानीे आवश्यक हुन्छ ।
हाम्रो जीवनको आधार पानी हो। पानी छैन त जिन्दगानी नै छैन। हाम्रो शरीरको ७० प्रतिशत भाग पानीले ओगटेको हुन्छ। पानीमा तरलता, स्वच्छता, हलुकापन, शीतलपन प्रदान गर्ने गुण हुन्छन्। शुद्ध पानी हाम्रो जीवन नै हो। बिहान खाली पेटमा मनतातो पानी र त्यस पानीमा थोरै कागती मिसाएर खानु निकै राम्रो मानिन्छ। प्रशस्त पानीले हाम्रो पाचन प्रणालीमा पनि ठूलो भूमिका खेलेको हुन्छ। पानी बिना शरीरका कुनै पनि क्रिया चल्दैनन्।
पेट भरिएको होस् वा खाली, जुनसुकै समयमा पनि पानी पिउनु स्वास्थ्यका लागि फाइदाजनक हो। पानीले तिर्खा मेट्ने मात्र होइन, यसको नियमित सेवनले सम्भावित कैयौं रोगबाट पनि बच्न सकिन्छ। पानी कुनै रोगको उपचार नभए पनि यसले पेटको सफाइ गर्ने काम गर्छ।
पानी पिउनु स्वास्थ्यको लागि राम्रो हो त्यसैले पानी पिउनु शरीरको लागि धेरै महत्त्वपूर्ण छ। पर्याप्त पानी नपिउनाले धेरै रोग लाग्न सक्छ ।

एक अनुसन्धानले आवश्यकताभन्दा बढी पानी पिउनु पनि स्वाथ्यको लागि हानिकारक बताएको छ । यदि तिर्खा लागिहाल्यो भने तिर्खा मेट्नुपर्छ तर यसको मतलब यो होइन कि, तिर्खा लाग्नासाथ १ लिटर, २ लिटर पानी खाइहाल्नुपर्छ। धेरै पानी एकैचोटी पिएमा बमिट हुन सक्छ। पेट फुले जस्तो हुन्छ शरीरलाई असहज हुन्छ। त्यसकारण पनि तपाईले एक दिनमा कति पानी पिउनु पर्छ भनेर बुझ्न महत्त्वपूर्ण छ।

त्यसोभए एक दिनमा कति पानी पिउनुपर्छ?

पानीको अनुपात तय गर्न सकिँदैन। फरक-फरक मौसममा यो फरक हुन सक्छ, यदि तपाईंले शारीरिक क्रियाकलाप गर्नुभयो भने यो बढी हुन सक्छ, यदि मानसिक तनाव छ भने यसको प्रभाव पनि परिवर्तन हुन सक्छ त्यसैले पानी बढी पिउने कि कम पिउने भन्ने सोच्नु हुँदैन ।
तपाईंले आफ्नो पिसाबबाट धेरै वा कम पानी पिउनु पर्छ कि भनेर पत्ता लगाउन सक्नुहुन्छ। यो अजीब लाग्न सक्छ, तर यो विधि सबैभन्दा सही छ। वास्तवमा, यदि तपाईंको पिसाबको गन्ध बढी आउँछ वा पहेँलो देखिन्छ भने, धेरै पानी पिउनुहोस्। पिसाबको रङ्ग वा गन्ध नआउने गरी धेरै पानी पिउनुपर्छ यसले मात्र शरीरलाई कति पानी चाहिन्छ भनेर देखाउँछ।