चितवन । चितवनको कलेज अफ मेडिकल साइन्स भरतपुरमा उपचाररत एक बिरामी अस्पतालको तेस्रो तलाबाट खसेर मृत्यु भएको छ।
नवलपरासीको हुप्सेकोट गाउँपालिका-९ का ७६ वर्षीय बल बहादुर खम्चा मगरको आज मृत्यु भएको हो।
उनी उपचार गर्न बुधबार अस्पताल आएको चितवन प्रहरीले जानकारी दिए।
उनी आज बिहान १०:४० बजे अस्पतालको ए ब्लकको तेस्रो तला माथिको झ्यालबाट खसेर गम्भीर घाइते भएका थिए।
उपचारको क्रममा उनको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ।