images
images

चिरायु नेशनल हस्पिटलको निःशुल्क स्वास्थ्य शिविर सम्पन्न, स्थानीय समुदायलाई स्वास्थ्य सेवामा निरन्तरता

  • २ भाद्र २०८१, आईतवार १३:२८
images

चिरायु नेशनल हस्पिटल एण्ड मेडिकल इन्स्टिच्युटले स्थानीय समुदायको स्वास्थ्य सेवामा पहुँच बढाउन र स्वास्थ्य जनचेतना फैलाउन मिति २०८१/०५/०१ गते निःशुल्क स्वास्थ्य शिविरको आयोजना गरेको छ। यसपटक, काठमाडौं वडा न. ०३ बसुन्धरा अन्तर्गतका विभिन्न टोल सुधार समितिहरुको सहकार्यमा आयोजित शिविरमा करिब ५०० सेवाग्राहीलाई स्वास्थ्य परीक्षण सेवा प्रदान गरेको छ। उक्त शिविरलाई हालका स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडल, काठमाडौं वडा न. ०३ का वडा अध्यक्ष प्रेम थापा, चिरायु नेशनल अस्पतालका निर्देशक चण्डेश्वर नन्द राज बैद्य,सँगै सृजनशील टोल सुधार समितिका अध्यक्ष अर्जुन प्रसाद गौतमले पानसमा बत्ती बालेर उद्घाटन गर्नु भएको थियो ।

कार्यक्रममा आफ्नो भनाई राख्दै स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले चिरायु अस्पतालको यस किसिमको कार्यप्रति कृतज्ञता प्रदान गर्दै आगामी दिनहरुमा पनि निरन्तरता प्रदान गर्नको लागि शुभकामना दिनु भयो ।

शिविरमा महिला तथा स्त्री रोग विषेशज्ञ डा. विलाउनी श्रेष्ठ र बाल रोग विषेशज्ञ डा. सगुन थापाको नेतृत्वमा अनुभवी चिकित्सकहरूको टोलीले सेवाग्राहीहरूको स्वास्थ्य परीक्षण गरेको थियो। उक्त टोलीले स्वास्थ्य समस्याहरूको पहिचान गरी आवश्यक परामर्श तथा निःशुल्क औषधि वितरण पनि गरेको थियो | यस्तै शिविरमा निःशुल्क आँखा परीक्षणका साथै, ल्याब टेस्टमा २०% सम्मको विशेष छुट पनि प्रदान गरियो, जसले सेवाग्राहीहरूलाई थप लाभ पुर्यायो ।

चिरायु नेशनल हस्पिटलले लामो समयदेखि आफ्नो सेवाको माध्यमबाट स्थानीय समुदायको स्वास्थ्य सुधारमा योगदान पुर्याउँदै आएको छ। यस प्रकारका शिविरहरू नियमित रूपमा आयोजना गरेर, अस्पतालले जनताको स्वास्थ्यप्रति समर्पित योगदान दिइरहेको छ। यसअघिका शिविरहरूमा पनि विभिन्न स्वास्थ्य सेवाहरू प्रदान गरिएका थिए, जसबाट हजारौं मानिसहरूले लाभ उठाएका छन् ।

चिरायु नेशनल हस्पिटल न केवल आफ्नो चिकित्सा सेवामा उत्कृष्टता पुर्याउँदै आएको छ, तर अस्पतालको वातावरण पनि अत्यन्तै सफा र सुव्यवस्थित छ। अस्पतालभित्र स्वच्छता र सरसफाइमा विशेष ध्यान दिइएको छ, जसले गर्दा बिरामीहरूले स्वास्थ्य परीक्षणको लागि सहज र सुरक्षित महसुस गर्छन्। यससँगै, अस्पतालमा कार्यरत चिकित्सकहरू धेरै अनुभवी र विशेषज्ञ छन्, जसले उच्चस्तरीय चिकित्सा सेवा प्रदान गर्न सक्दछन् ।

हस्पिटल प्रशासनले आगामी दिनहरूमा पनि यस्ता स्वास्थ्य शिविरहरूलाई निरन्तरता दिने योजना बनाएको छ, जसले गर्दा स्थानीय समुदायले सधैंभरि सुलभ स्वास्थ्य सेवा पाउन सकून्। “तपाईंको स्वास्थ्यता,हाम्रो प्रतिबद्धता” भन्ने नारासहित, चिरायु नेशनल हस्पिटलले आफ्नो सेवाहरूलाई अझ प्रभावकारी र समावेशी बनाउन कटिबद्ध रहेको छ ।
स्थानीय बासिन्दाहरूले पनि अस्पतालको यस प्रयासको प्रशंसा गर्दै यस्ता शिविरहरूलाई निरन्तरता दिनु पर्ने माग गरेका छन्। शिविरमा सहभागी भएका व्यक्तिहरूले अस्पतालको सेवा र व्यवस्थापनको खुलेर प्रशंसा गरेका छन्, जसले गर्दा चिरायु नेशनल हस्पिटल जनताको स्वास्थ्य सेवामा विश्वासिलो नाम बन्दै गएको छ ।