
सेतो पानी बग्नु आम महिलामा हुने समस्या हो । यसले महिला स्वास्थ्यमा ठूलो असर पनि गर्छ । महिनावारीको अघिपछि यस्तो पानी बग्नु धेरैको समस्या हो । कतिपय अवस्थामा यो अधिक मात्रामा हुने गर्छ । यसले अन्य रोगको संकेत पनि गर्नेगर्छ ।
सेतो पानी बग्ने कारण
प्रजनन् उमेरका महिलामा महिनावारी हुने समय नजिकिएसँगै योनीबाट पातलो सेतो पानी बग्नु सामान्य हो । तर साना बालिकामा पनि यो समस्या देखियो भने चाहिँ यसलाई असामान्य मानिन्छ ।
बालिकाको योनीबाट पनि सेतो पानी बग्नुले संक्रमण भएको हुनसक्छ, त्यसैले यसको उपचार गर्नुपर्छ ।
यो प्रश्नलाई लिएर हामिले स्त्री रोग तथा बाँझपन विशेषज्ञ डा. अर्चना शाक्यसंग गरेकाे कुराकानीकाे भिडियाे हेर्नुहाेस ।