images
images

सेती प्रादेशिक अस्पताललाई ३५ लाख पर्ने मेसिन प्रदान

  • ५ माघ २०८०, शुक्रबार ०९:०४
images

धनगढी । लाइन्स क्लब अफ धनगढी टाउनले सेती प्रादेशिक अस्पताललाई रगत जाँच गरेर भिन्न स्वास्थ्य समस्याको पहिचान गर्न सकिने ३५ लाख मूल्य बराबरको मेसिन प्रदान गरिएको छ।

एक समारोहबीच लाइन्स क्लब अफ धनगढी टाउनले उक्त मेसिन प्रदान गरेको अध्यक्ष प्रकाश जोशीले बताए।

लायन्स इन्टर नेशनल डिष्ट्रिक ३२५ का मल्टिपल काउन्सिल चेयरपर्सन (पिएमजेएफ) लायन सि. बि. चन्दको प्रमुख आतिथ्यतामा आयोजित कार्यक्रममा अस्पतालका मेसु डा. शेरबहादुर कवरलाई मेसिन हस्तान्तर गरिएको हो।

डा. कवरका अनुसार उक्त मेसिनबाट भिटामिन डि, भिटामिन बी १२, थाइराइडका साथै विभिन्न हार्मोनको टेष्ट गर्न सकिने बताए। उनका अनुसार मेसिनबाट सय वटा जति हार्मोन र भिटामिनको परीक्षण गर्न सकिन्छ।