images
images

नेपाल स्वास्थ्य अनुसन्धान परिषदको सदस्य सचिवमा डा. जोशी नियुक्त

  • ७ फाल्गुन २०८०, सोमबार ०७:१४
images

काठमाडौं । सरकारले नेपाल स्वास्थ्य अनुसन्धान परिषदको सदस्य सचिवमा डा. प्रमोद जोशीलाई नियुक्त गरेको छ।

आइतबार बसेको मन्त्रिपरिषदको बैठकले डा जोशीलाई परिषदको सदस्य सचिवमा नियुक्त गर्न निर्णय गरेको सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले जानकारी दिइन्।

परिषदका सदस्यको कार्यकाल माघ २६ गतेबाट सकिएसँगै उक्त पद रिक्त थियो।

नेपाल चिकित्सक संघका कोषाध्यक्षसमेत रेहेका डा जोशीले राष्ट्रिय ट्रमा सेन्टरको निर्देशकको जिम्मेवारी समेत निभाइसकेका छन्।