images
images

मासुमा भन्दा बढी प्रोटिन पाइने खानेकुरा

  • ७ फाल्गुन २०८०, सोमबार १२:३३
images

मासुमा सबैभन्दा धेरै प्रोटिन पाइन्छ भन्ने गलत धारणा हो । पानीपछि हाम्रो शरीरको लागि प्रोटिन सबैभन्दा महत्त्वपूर्ण हुन्छ। प्रोटिन एमिनो एसिडबाट बनाइन्छ। हाम्रो शरीरमा २२ वटा एमिनो एसिडहरू हुन्छन्, ती सबै शरीरका लागि आवश्यक हुन्छन्। १० वटा एमिनो एसिड शरीरमा उत्पादन हुन्छ र बाँकी हामी खानाबाट खपत गर्छौं।
प्रोटिनहरूलाई दुई समूहमा विभाजन गरिएको छ। एउटा पूर्ण प्रोटीन हो र अर्को प्लान्ट प्रोटिन हो। हाम्रो शरीरको वृद्धि, तन्तुको मर्मत आदिका लागि प्रोटिन आवश्यक हुन्छ।

अमेरिकाको लोमा लिन्डा युनिभर्सिटी तथा फ्रान्सको नेसनल दा ला रिसर्च अग्रोनोमिकका शोधकर्ताहरूले ८१ हजार जनामाथि अनुसन्धान गरे । उक्त अनसन्धानले देखाएअनुसार मासुभन्दा ड्राइ फ्रुट्स तथा बीउबिजनबाट प्राप्त हुने प्रोटिन मुटुका लागि स्वस्थकर हुने पाइएको हो । जसले मासुजन्य प्रोटिन बढी उपभोग गर्छन् उनीहरूलाई मुटुरोगको खतरा ६० प्रतिशतसम्म बढेको पाइयो जब कि ड्राइ फ्रुट्सजन्य प्रोटिन बढी सेवन गर्नेहरूमा यो समस्या ४० प्रतिशतभन्दा कम देखियो ।

बदाम
बदामलाइ प्रोटिनको श्रोत मानिन्छ यसमा प्रशस्त मात्रामा प्रोटिन रहेको हुन्छ। १०० ग्राम बदामबाट १ लिटर दूधमा पाइने बराबरकै प्रोटिन पाइन्छ । यसमा प्रोटिनको मात्रा २५ प्रतिशतभन्दा बढी हुन्छ । बदामले पाचन शक्ति बढाउन समेत मद्दत गर्छ । बदाममा म्याग्नेसियम, क्याल्सियम र आइरन पनि पाइन्छ यसले ऊर्जा प्रदान गर्नुका साथै शरीरमा प्रोटिन पनि बढाउँछ । बदाम बढ्दो उमेरका केटाकेटी तथा वृद्धवृद्धाका लागि राम्रो मानिन्छ।

ओखर

ओखर मानव स्वास्थ्यका लागि निकै फाइदाजनक हुन्छ । ओखरमा पाइने ओमेगा ३, ओमेगा ६ र अल्फा लिनोलेनिक एसिड स्वास्थका लागि निकै उपयोगी मानिन्छ ।ओखरमा प्रशस्त मात्रामा प्रोटिन, जिंक, भिटामिन ई, भिटामिन ए, फोलेट तथा फोस्फोरस हुन्छ । यसले रगतको कोलेस्ट्रोल कम गरेर मुटुरोग हुनबाट जोगाउँछ । ओखरमा भिटामिन बी, भिटामिन ई, म्याग्नेसियम, जिंक, कपर, आइरन, क्याल्सियम अनि पर्याप्त एन्टि–अक्सिडेन्ट र प्राकृतिक मिनरल हुन्छ । यसमा विद्यमान जिंकले इन्फेक्सन तथा भिटामिन ई ले क्यान्सरबाट बचाउँछ । यसले मस्तिष्कको क्षमता बढाउन समेत मद्दत गर्छ ।

काजु

ड्राइफुट्सको राजा नै मानिन्छ काजुलाई । यो महँगो त छँदैछ, निकै लाभदायक पनि छ ।काजु सबै उमेर समूहका मानिसलाई उत्तिकै फाइदा पुर्‍याउने खाद्यपदार्थ हो । यसबाट उच्च मात्रामा प्राप्त हुने प्रोटिन स्वास्थ्यवर्द्धक हुन्छ ।आधा मुठी काजुमा ३७४ ग्राम क्यालोरी, ३१ ग्राम चिल्लो, १६ ग्राम कार्बोहाइड्रेट, १० ग्राम प्रोटिनका साथै पर्याप्त मात्रामा भिटामिन के तथा भिटामिन बी ६ पाइन्छ । यसबाट क्याल्सियम, आइरन, फोलेट तथा जिंक पनि पर्याप्त पाइन्छ ।

अन्जीर

अंजीरले शरीरलाई धेरै फाइदा पुर्याउँछ। अन्जिरमा प्रोटिनका साथै पर्याप्त मात्रामा क्याल्सियम एवं भिटामिन ए र बी पाइन्छ । यसको सेवनले कब्जियत, एनिमिया, दम, सर्दी, कम्मरको तथा टाउकाको दु’खाइ, थाइराइड तथा पा’इल्सजस्ता रोगमा लाभ गर्छ । यसको सेवनले शरीरमा तागत दिन्छ । अन्जीरमा डाइटरी फाइबर र स्वस्थ कार्बोहाइड्रेट प्रचुर मात्रामा हुन्छ, जसले पाचनलाई बढावा दिन्छ र पाचन स्वास्थ्य सुधार गर्दछ।

देशी बदाम

देशी बदाममा पाइने प्रोटिन, भिटामिन इ, भिटामिन बी २, क्याल्सियम, म्याग्नेसियम, ओमेगा ३, फ्याटी एसिडले स्वस्थ राख्न सहयोग गर्छ । यसको सेवनले दाँत एवं हड्डी बलियो हुन्छ । फाइबर हुने भएकाले यो बदाम मुटुका लागि समेत राम्रो मानिन्छ । स्पेनको युनिर्भसिटी अफ रोबिराईविरगीलीको अध्ययन अनुसार नियमित भोजनमा बदाम प्रयोग गर्दा कमजोरी, पाचन र उच्च रक्तचापको समस्या समाधान हुन्छ ।

किसमिस

किसमिस एक बहुगुणकारी खानेकुरा हो। खासगरी किसमिस अंगुरलाई सुकाएर बनाइन्छ। यही सुकेको अगुरलाई किसमिस भनिन्छ। यो किसमिस मानव स्वास्थ्यको लागि धेरै नै लाभकारी मानिन्छ। किसमिसको सेवनले र’क्त निर्माणमा वृद्धि हुन्छ । किसमिसमा प्रचुर मात्रामा पौष्टिक तत्त्वहरु पाइन्छन्। यसमा पाचन स्वास्थ्यका लागि आवश्यक फाइबर पनि प्रशस्त मात्रामा पाइन्छ। यो मुटुका लागि पनि लाभदायक छ । यसमा पर्याप्त मात्रामा आइरन पाइन्छ । एक कप किसमिसमा ५ देखि ६ ग्रामसम्म प्रोटिन हुन्छ ।

पेस्ता

ड्राइ फ्रुट मध्ये स्वाद र स्वास्थयको लागि लाभदायक मानिने एक हो पेस्ता । पेस्ता स्वास्थ्यका लागि अति उत्तम खाद्यवस्तु मानिन्छ । यसमा प्रोटिनका साथै म्याग्नेसियम, कपर, फोस्फोरस, भिटामिन बी तथा अत्यधिक फाइबर हुन्छ । यसको सेवनले कोलेस्ट्रोल तथा हार्ट अट्याकबाट बचाउँछ । टोरन्टो विश्वविद्यालयमा गरिएको अध्ययनअनुसार पेस्तालाई कार्बोहाइड्रेटयुक्त खाद्यपदार्थसँग खानाले शरीरमा कार्बोहाइड्रेटका अधिकता पुग्दैन जसले गर्दा रगतमा चिनीको मात्रा बढ्दैन । अनुसन्धान अनुसार पेस्ताको सेवनले मधुमेह रोगलाई नियन्त्रण गर्छ ।