images
images

आवाज परिवर्तन किन हुन्छ?

  • ७ बैशाख २०८१, शुक्रबार १२:२६
images

मौसममा आएको परिवर्तन वा घाँटीमा कुनै किसिमको इन्फेक्सनको कारणले प्रायः तपाईंले आफ्नो आवाजमा केही परिवर्तन महसुस गर्न सक्नुहुन्छ। सामान्यतया भाइरसले भोकल कर्ड वा भोकल ग्रन्थीमा आक्रमण गर्दा यस्तो समस्या आउन सक्छ, यद्यपि यो समस्या पनि दुई–तीन दिनमा निको हुन्छ ।

तर यदि तपाईंले केही समयदेखि आफ्नो आवाजमा अनौठो परिवर्तन महसुस गरिरहनुभएको छ र सामान्य उपायले निको हुन सकेको छैन भने, तपाईंले यसबारे सावधानी अपनाउनु आवश्यक छ। थाइरोइड सम्बन्धी समस्या भएका व्यक्तिलाई पनि यस्तो समस्या हुने स्वास्थ्य विज्ञहरू बताउँछन्।

युरेशियन जर्नल अफ मेडिसिनको एक रिपोर्टमा अनुसन्धानकर्ताहरूले हाइपोथाइराइडिज्मको अवस्थामा अन्य लक्षणका साथसाथै आवाजमा परिवर्तन आउने समस्या पनि केही व्यक्तिमा देखिएको बताएका छन् । हाइपोथायराइडिज्म (अन्डरएक्टिभ थाइरोइड) एक अवस्था हो जसमा थाइरोइड ग्रन्थीले निश्चित अत्यावश्यक हर्मोनहरू पर्याप्त मात्रामा उत्पादन गर्दैन। आवाजमा हुने परिवर्तनका आधारमा यो अवस्था प्रारम्भिक चरणमा पत्ता लगाउन र उपचार गर्न सकिन्छ।

यदि तपाईं पनि आफ्नो आवाजमा परिवर्तन महसुस गर्नुहुन्छ भने, निश्चित रूपमा स्वास्थ्य विशेषज्ञसँग परामर्श लिनुपर्छ। यस सम्वन्धी ब्लुक्रस अस्पतालमा कार्यरत  नाक, कान तथा घाँटी रोग विशेषज्ञ डा. श्रृति मानन्धर संगकाे कुराकानिमा आधारित भिडियाे हेर्नुहाेस ।