काठमाडौँ । आज ‘विश्व कलेजो दिवस’- कलेजोसम्बन्धी रोगबारे जनचेतना जगाउन र कलेजोको स्वास्थ्य प्रवर्द्धन गर्न हरेक वर्ष अप्रिल १९ मा विश्व कलेजो दिवस मनाइन्छ।
यस दिवसको महत्वबारे मानिसलाई शिक्षित गराउने, कलेजो रोगको प्रारम्भिक पहिचान र उपचारका लागि पैरवी गर्न यो दिवस मनाउन थालिएको हो।
यस वर्षको दिवसको नारा ‘सतर्क रहनुहोस्, नियमित कलेजो जाँच गराउनुहोस्, र फ्याटी लिभर रोगबाट बच्नुस्’ रहेको छ। अर्थात् प्रारम्भिक चरणमा कलेजोको समस्या पहिचान र रोकथाम गर्नुपर्छ जसले गर्दा बोसोयुक्त कलेजो रोगबाट बच्न सकिनेतर्फ इङ्गित गर्छ।