भक्तपुर । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित)ले आइतबार ख्वप तिलगंगा आँखा अस्पतालको कार्यालय समुद्घाटन गरेका छन् ।
कार्यक्रमको उद्घाटनसँगै भक्तपुर नगरपालिकाद्वारा सञ्चालित ख्वप अस्पतालको चौथो तल्लाबाट ख्वप तिलगंगा आँखा अस्पतालको सेवा शुभारम्भ भएको छ ।
१८ वर्ष अघि भक्तपुरको सानो कोठाबाट सञ्चालित आँखा केन्द्र हाल भक्तपुर नपाबाट सञ्चालित ख्वप अस्पतालको सुविधा सम्पन्न भवनबाट सेवा शुभारम्भ हुनु भक्तपुरबासीहरुको लागि गौरवको विषय भएको उनले बताए ।
तिलगंगा आँखा अस्पताल काठमाडांैका कार्यकारी निर्देशक डा. सन्दुक रुइतले ऐतिहासिक एवम् सांस्कृतिक नगरका जनताहरुको सेवा गर्न पाउँदा गौरवको अनुभूति भएको बताउँदै आर्थिक र सामाजिक कारणले कुनै पनि बिरामीले आँखा उपचारको सेवाबाट बञ्चित हुन नदिन यस अस्पतालले न्यून शुल्कमा गुणस्तरीय सेवा प्रवाहमा जोड दिइने बताए ।