images
images

एम्बुलेन्स तोडफोड गरेको आरोपमा पक्राउ

  • ५ श्रावण २०८१, शनिबार ११:०३
images

ताप्लेजुङ । ताप्लेजुङमा एम्बुलेन्स तोडफोड गरेको आरोपमा तीन जनालाई प्रहरीले पक्राउ गरेको छ ।

जिल्लाको फक्ताङ्लुङ गाउँपालिकाद्वारा सञ्चालित प्र १–०२–००१ झ ०८११ नम्बरको एम्बुलेन्स तोडफोड गरेको आरोपमा तीन जनालाई प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा मिक्वाखोला गाउँपालिका–३ लिबाङका ३१ वर्षीय कुमार शेर्पा, फुङ्लिङ नगरपालिका–२ का २७ वर्षीय अर्जुन वाइबा र मेरिङ्देन गाउँपालिका–३ खाम्लुङका ३६ वर्षीय फुर्वाछिरिङ शेर्पा रहेका छन् ।

बिहीबार राति उक्त समूहले पार्किङ गरी राखेको ठाउँमा एम्बुलेन्स तोडफोड गरेका थिए ।

पक्राउ परेका तीनै जनामाथि शुक्रवार नै जिल्ला प्रशासन कार्यालय ताप्लेजुङबाट सात दिनको म्याद लिएर अनुसन्धान सुरु गरिएको छ ।