images
images

टुकुचा–वाग्मती संगम नजिकबाट संकलित ढलको नमुनामा पोलियो भाइरस फेला

  • ५ श्रावण २०८१, शनिबार ११:१५
images

काठमाडौं । काठमाडौंको टुकुचा र वाग्मती नदीको संगम क्षेत्रबाट संकलित ढलको नमुना परीक्षण गर्दा पोलियोको भाइरस भेटिएको छ ।

उक्त नमुनामा ‘पोलियो भाइरस टाइप ३’ पुष्टि भएको स्वास्थ्य सेवा विभागको बाल स्वास्थ्य तथा खोप शाखा प्रमुख डा. अभियान गौतमले जानकारी दिए ।

डा. गौतमले खोप प्राप्त बालबालिकाको दिसाबाट उक्त भाइरस ढलमा गएको हुन सक्ने अनुमान गरे ।

नेपालमा अन्तिम पटक सन् २०१० मा पोलियोको बिरामी फेला परेका थिए । त्यसयता भने पोलियो संक्रमित फेला नपरेका कारण विश्व स्वास्थ्य संगठनको दक्षिण एसिया क्षेत्रले २०१४ मा नेपाललाई पोलियो मुक्त राष्ट्र घोषणा गरेको थियो ।