फूड पोइजनिङको प्रमुख कारण अस्वच्छ खाना हुने गर्दछ। जसमा हानिकारक ब्याक्टेरिया, भाइरस र फंगस आदिका कारण फूड पोइजनिङ हुने गर्दछ। यस्तो खानेकुरा सेवन गर्दा हामीलाई फूड पोइजनिङलगायत अन्य धेरै समस्याबाट गुज्रनुपर्ने हुन्छ ।
जब हामीले विषाक्त खाना खान्छौं, त्यसले गर्दा पेट दुख्ने, वान्ता हुने, वाकवाकी लाग्ने जस्ता समस्याहरू हुने गर्दछ। फूड पोइजनिङबाट बच्नका लागि केही कुरालाई सधैं ध्यानमा राख्नुपर्छ।
फूड पोइजनिङका लक्षणहरु यसप्रकार छन।
– टाउको दुख्ने ।
– पेट दुख्ने।
– पखाला लाग्ने ।
– वाकवाकी लाग्ने।
– उल्टी हुने ।
– खान मन नलाग्ने।
– ज्वरो आउने ।
– कमजोरी महसुस हुने ।
फूड पोइजनिङबाट बच्ने उपायहरु
–यस्तो अवस्थामा रक्सी र क्याफिनबाट टाढा रहनु राम्रो हुन्छ।
–वाकवाकी र बान्ता रोकिएपछि पनि हल्का खाना मात्र खाने ।
–फूड पोइजनिङ हुँदा केही समयपछि मात्र पानी पिउनुहोस्।
– यदि फूड पोइजनिङ भएमा केहि दिनसम्ममा गहुँ, आलु, चामल, कम बोसो भएको मासु, कम चिनी भएको खानेकुराहरुमा खाने ।
–कागती, केरा, अदुवा, दही, मेथीको दाना, एप्पल साइडर भिनेगरले खानामा भएको विषाक्तताबाट छुटकारा पाउन सकिन्छ।
फूड पोइजनिङबाट कसरी बच्ने
–एक वा दुई दिनभन्दा बढी राखिएको कुनै पनि खानेकुरा नखाने र भण्डार गरेपछि कुखुरा, मासु, माछा नखाने ।
–दूषित पानी पिउनबाट बच्नुहोस्।
–नपाकेको मांसाहारी खानाबाट बच्नुहोस्।
–खाना खानु अघि सधैं आफ्नो हात राम्ररी धुनुहोस्।
–काँचो मासु सफा गरेपछि वा छोएपछि साबुन पानीले हात धुनुहोस्।
–खानेकुरा सधैं एउटै ठाउँमा राख्नुहोस्।
–भाँडाकुँडा राम्ररी सफा गर्नुहोस् र त्यसमा पकाएको खाना खुवाउनुहोस्।
–बिस्कुट र दालमोड जस्ता खाजाहरू सधैं हावा नपस्ने कन्टेनरमा राख्नुहोस्।
–खाना पकाउँदा प्रयोग हुने काठका भाँडाहरू जस्तै रोलिङ पिन, चक्ला, काट्ने बोर्ड, चक्कु, आदि सफा छ वा छैन जाँच गरिसकेपछि प्रयोग गर्नुहोस्।
–यदि फूड पोइजनिङ भएमा दिसामा रगत वा पिप आउने, उच्च ज्वरो आउने, डिहाइड्रेसन हुने, पखाला लाग्ने, अत्याधिक बान्ता हुने हुन्छ। यस्तो अवस्थामा झोलिलो खानेकुराहरु खाने र तुरुन्त चिकित्सकसँग सम्पर्क गर्नुहोस्।