
वीरगन्ज । एमबीबीएस अध्ययनरत दुईजना विद्यार्थीको मोटरसाइकल दुर्घटनामा मृत्यु भएको छ।
आइतबार पर्साका वीरगन्ज– १५ भिस्वाको जिल्ला आयुर्वेद अस्पतालनजिकैको सडकमा प्रदेश २–०३–०२१ प ५४३२ नम्बरको यामाहा कम्पनीको आर १५ मोटरसाइकल दुर्घटना हुँदा उनीहरूको मृत्यु भएको प्रहरी प्रवक्ता कुमारविक्रम थापाले जानकारी दिए ।
दुर्घटनामा गम्भीर घाइते दुवै जनाको नारायणी अस्पताल वीरगन्जमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएकाे छ ।
मृत्यु हुनेमा बाराको हर्दिया घर भएका २३ वर्षीय सन्दीप यादव र धनुषाको सबैला घर भएका २३ वर्षीय सुमित यादव रहेको छन।
उनीहरु दुवै जना नेसनल मेडिकल कलेज तथा शिक्षण अस्पतालमा एमबीबीएस अध्ययनरत रहेको थापाले जानकारी दिए।