images
images

८ लाख ९३ हजारलाई दादुरा–रुवेलाको खोप लगाइँदै

  • ९ फाल्गुन २०८०, बुधबार ०८:४४
images

विराटनगर । दक्षिण पूर्वी एसियाबाट सन् २०२६ सम्ममा दादुरा–रूबेला निवारण गर्ने लक्ष्य अनुसार कोशी प्रदेशमा खोप अभियान सञ्चालन हुने भएको छ ।

प्रदेश स्वास्थ्य निर्देशनालय धनकुटाका निर्देशक ज्ञानबहादुर बस्नेतकाे अनुसार कोशी प्रदेशमा फागुन १३ गतेदेखि चैत ३ गतेसम्म खोप लगाइने कार्यक्रम रहेको छ ।

अभियान अन्तर्गत कोशी प्रदेशका ९ महिना देखि १५ वर्ष सम्मका ८ लाख ९३ हजार ९३४ जनालाई खोप लगाइने निर्देशक बस्नेतले जानकारी दिनुभयो ।

कोशी प्रदेशका भोजपुर, तेह्रथुम, मोरङ र उदयपुरमा फागुन १३ गते र अन्य १० जिल्लामा फागुन १६ देखि २७ गते सम्ममा अभियान शुरु हुनेछ