
रौतहट। रौतहटको देवाहि गोनाहि नगरपालिकाको नगर स्वास्थ्य शाखा प्रमुख मनोज यादवको मंगलबार राति हृदयघातको कारण मृत्यु भएको छ।
गरुडा नगरपालिका जयनगर गाउँ घरभएका ५० वर्षीय स्वास्थ शाखा प्रमुख यादवको गएराती १० बजे हृदयघातबाट आकस्मिक निधन भएको हो।
उनको शव घरमै रहेको तथा आजै दहासंस्कार गरिने परिवारले जनाएको छ। उनको दुई छोरा र एक जना छोरी रहेको बताइएको छ।