images
images

निजगढमा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न

  • ८ चैत्र २०८०, बिहीबार १६:१७
images

बारा । साथी नेपालको आयोजना तथा काठमाडौ वीर हस्पिटल र निजगढ सामुदायिक अस्पतालको सहयोगमा सामुदायिक सेवा प्रतिष्ठान भक्तपुरको प्राविधिक सहयोगमा निजगढ आयोजना गरिएको शिविर सम्पन्न भएको छ ।

शिविर निजगढका वडा नम्बर ५ र ६ मा मंगलबार र बुधबार निःशुल्क स्वास्थ्य शिविर आयोजना गरिएको थियाे ।

स्वास्थ्य शिविरमा ९ सय भन्दा बढी महिला लाभान्वित भएका छन ।

शिविरमा महिलाहरुको पाठेघर खस्ने समस्या, फिस्टुला, यौन रोग, पाठेघरको मुखको क्यान्सर लगायतको परीक्षण तथा उपचार गरिएको थियो ।