images
images

अकबरे अर्थात डल्ले खुर्सानीले स्वास्थ्यलाई पुर्याउने फाइदाहरु

  • ९ बैशाख २०८१, आईतवार ११:४२
images

नेपाललाई विश्वमै परिचित गराउने खानेकुरा मध्ये एक हो, अकबरे खुर्सानी। यो खुर्सानी संसारमा कहीँ पनि नपाइने, यदि कतै पाइहाले पनि नेपालको जस्तो पिरो र स्वादिलो पाइँदैन। पछिल्लो समय रूचाइएको खुर्सानीको प्रजातिमध्येको एक हो अकबरे खुर्सानी। अकबरे खुर्सानी भन्ने वितिकै हामी सबैलाई थाहा नै छ । यो खुर्सानीलाई डल्ले र ज्यानमारा भनेर पनि पनि चिनिन्छ। आवश्यकताभन्दा बढी खाएमा ज्यान समेत जाने हुनाले पहाडतिर यसलाई ज्यानमारा खुर्सानी भनिएको हो। संसारमा कहि नपाइने यो खुर्सानीको व्यवसायीक उत्पादन शुरुमा इलाम, धनकुटा लगायतका पूर्वी जिल्लाहरुबाट भए पनि पछिल्लो समय देशभर खेती गर्न थालिएको छ । जिब्रोलाई पिरो लागे तापनि अन्य खुर्सानीले जस्तो यो खुर्सानीले पेटमा कुनै असर गर्दैन। डल्ले खुर्सानीलाई विदेशीले पनि निकै चाख दिएर खान्छन्। यसले खानालाई पिरो मात्र बनाउने होइन, एक किसिमको छुट्टै खालको स्वाद दिने हुँदा खानाको स्वादमा नै भिन्न मिठास ल्याइदिन्छ । नेपालबाट अकबरे खुर्सानीको अचारजन्य परिकार बनाएर अमेरिका तथा युरोपका विभिन्न मुलुक, अस्ट्रेलिया र मलेसिया लगायतका देशहरुमा निर्यात हुँदै आएको छ। स्वादका साथै यो खुर्सानीले स्वास्थ्यलाई पनि व्यापक फाइदा गर्छ। नेपाली समाजमा यो खुर्सानीलाई ग्याँस्ट्रिकको दबाइ भनेर नै चिनिन्छ।

अकबरे खुर्सानीका फाइदाहरु
– अकबरे खुर्सानीले खाना पचाउने काममा विशेष सहयोग पुर्‍याएको हुन्छ।
– माइग्रेनको समस्या समाधानका लागि पनि यो खुर्सानी अति उत्तम मानिन्छ।
– नियमित अकबरे अर्थात डल्ले खुर्सानीले खुर्सानी सेवन गर्नाले केही हदसम्म क्यान्सर लाग्नबाट जोगिन सकिन्छ।
– अकबरे खुर्सानीको नियमित सेवनले चिसोबाट हुने फ्लुलाई कम गर्न मदत गर्दछ।
– हाड जोर्नीमा हुने दुखाइ कम गराउन पनि यो खुर्सानी नियमित खान सकिन्छ।
– कार्डियोभास्कुलर र मुटुको समस्या हुनबाट जोगाउनमा पनि अकबरेखोर्सानी निकै फाइदाजनक सावित छ।
– अकबरे खुर्सानी सधै खानाले शरीरमा राता रक्त कोषको मात्रामा वृद्धि गर्दछ।
– रगतमा चिनीको मात्रा घटाउन मद्दत पुर्‍याउँछ र सुगर रोगबाट बचाउन मद्दत गर्छ।
– ग्याँस्ट्रिक तथा अल्सर रोग निदान हुन मद्दत गर्छ।
– अकबरे खोर्सानिको सेवनले पिसाब सम्बन्धी समस्या कम गराउन सहयोग पुर्‍याउँछ।
– अकबरे हालेर पकाएको खाना किटाणु रहित हुने हुँदा कुनै पनि तरकारीमा थोरै भए पनि यो खुर्सानी हाल्नु राम्रो मानिन्छ।
– यो खुर्सानीमा क्याप्सिसिन पाइन्छ जसका कारण पेट सम्बन्धी मात्र होइन, अन्य रोगीलाई समेत फाइदा पुर्‍याउँछ।
– एलर्जी हुनबाट जोगाउन धेरै हदसम्म मद्द गर्छ।
– थकाइपन घटाएर शरीर चङ्गा बनाउन विशेष भूमिका खेलेको हुन्छ तसर्थ अल्छी लागेका बेला अकबरे खुर्सानी र नुन पिसेर कुनै पनि चिजसँग खान सकिन्छ।