जल तथा मौसम विज्ञान विभागको पुर्वानुमान अनुसार नेपालमा यस बर्ष सरदरभन्दा बढी वर्षा हुने आकलन भएको हुँदा मनसुनसँगै लामखुट्टेको प्रजजनका लागी अनुकूल अवस्था बन्न सक्ने र् सङ्क्रमितको सङ्ख्यामा समेत बढोत्तरी हुन सक्ने बताएकाे छ।
७२ वटा जिल्लाहरूमा गत ६ महिनामा १२४१ जना डेंगीका विरामी फेला परेका छन ।
डेंगी रोगको मुख्य लक्षणहरूमा उच्च ज्वरो आउनु, जोर्नी र मांसपेशीहरू बेस्सरी दुख्नु, आँखाको गेडी दुख्नु, बेस्सरी टाउको दुख्नु,शरीरमा राता विमिराहरू आउनु, वाकवाकी लग्नु वा वान्ता हुनु पर्दछन ।
एक्कासी उच्च ज्वरो आउने, वान्तामा रगत देखापर्ने, नाक वा गिजांबाट रगत, रक्तश्वाव, धेरै पेट दुखाई, श्वासप्रस्वासमा समस्या, र वेहोस हुने जस्ता लक्षण देखिएमा तुरुन्त नजिकको स्वास्थ्य सँस्थामा जाँच गराउन तथा परामर्श लिनुहुन मन्त्रालयले सबैलाइ अनुरोध गरेकाे छ ।
डेंगीको बढ्दो संक्रमणलाई न्यूनीकरण गर्न मन्त्रालयले सातै प्रदेश तथा सबै स्थानीय तहहरुमा बर्षातको समयमा हुन सक्ने डेगी लगायत अन्य स्वास्थ्य विपद्का लागि द्रूत प्रतिकार्य समिति तथा टोलीहरुलाई तयारी अवस्थामा रहन र आबश्यक भएको अवस्थामा परिचालन हुन पत्राचार गरिसकेको मन्त्रालयले जनाएकाे छ।