images
images

बङ्गलादेशमा मेडिकल कलेजमा पढ्ने १७ जना नेपाली विद्यार्थी आज स्वदेश फर्कदै

  • ६ श्रावण २०८१, आईतवार ०७:३९
images

बङ्गलादेशको सवार क्षेत्रको इनाम मेडिकल कलेजमा पढ्ने १७ जना नेपाली विद्यार्थीलाई आज स्वदेश फर्कदै छन ।

प्रधानमन्त्री केपी शर्मा ओलीले बङ्गलादेशमा अध्ययनरत १७ जना विद्यार्थीलाई आज काठमाण्डौ ल्याइने बताउनुभएको छ ।

बङ्गलादेशको सवार क्षेत्रको इनाम मेडिकल कलेजमा पढ्ने १७ जना नेपाली विद्यार्थीलाई आज स्वदेश फर्काउने व्यवस्था मिलाएको प्रधानमन्त्री ओलीले सामाजिक सञ्जालमार्फत् जानकारी गराउनुभएको हो ।

प्रधानमन्त्री ओलीले नेपाल फर्कन चाहने अन्य विद्यार्थीको सहजीकरणका लागि परराष्ट्र मन्त्रालयले अनलाइन फारम भर्न सूचना जारी गरिसकेको पनि उल्लेख गर्नुभएको छ ।

सरकारी जागिरमा रहेको कोटा प्रणालीकाविरुद्ध बङ्गलादेशमा विद्यार्थीले विगत एक हप्तादेखि आन्दोलन गर्दै आएका छन् । बङ्गलादेश सरकारले हिजोदेखी देशभर कर्फ्यू लगाएको छ ।